सर्वोच्चको फैसलामा लामिछानेले आज नेपाली नागरिकता लिने

काठमाडाैं | माघ १५, २०७९

सर्वोच्चको फैसलामा लामिछानेले आज नेपाली नागरिकता लिने

काठमाडौँ:   पूर्व गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिने हुनुभएको छ । उहाँले पहिला प्राप्त गर्नुभएको नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो । 


उहाँ पुनः नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उहाँको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको छ । 


नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिने सक्ने भन्दै फैसला गरेपछि उहाँले पुनः नागरिकता लिन लाग्नु भएको हो । 


नागरिकताकै विषयमा उहाँले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा समेत दिनुभएको छ र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट राजीनामा स्वीकृतसमेत भइसकेको छ ।  


कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संवैधानिक इजलासका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको थियो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्